काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजसम्बन्धी अनुसन्धान प्रतिवेदन एक वर्षपछि सार्वजनिक गरिएको छ ।
आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा दुर्घटना जाँच आयोगका अध्यक्ष रतिशचन्द्रलाल सुमनले उक्त प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।
गएको वर्ष साउन ९ गते मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको सो जहाज धावनमार्ग नजिकै दुर्घटनाग्रस्त भएको थियो। उक्त दुर्घटनामा १८ जनाको दुःखद मृत्यु भएको थियो भने पाइलट मनीष शाक्य जीवितै उद्धार गरिएको थियो।































प्रतिक्रिया