काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रहादुर शाही र नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्डबाट सम्मान गरिएको छ ।
यो अवार्ड अमेरिकाको न्युयोर्क शहरमा ग्लोबल नेपालीद्वारा आयोजित एक भव्य समारोहमा प्रदान गरिएको हो । यसवर्ष विशेष गरी ज्ञानेन्द्र शाही र कुलमान घिसिङको राष्ट्र निर्माण र जनसेवामा पुर्याएको योगदानको कदर स्वरूप यो अवार्ड प्रदान गरिएको बताइएको छ ।
कार्यक्रममा नेपाली डायस्पोराका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।





























प्रतिक्रिया