जेसीआई नेपालको आयोजनामा साउथ एशिया एकेडेमी फर इन्टरनेशनल लिडरशिप कार्यक्रम हुँदै, दक्षिण एसियाली युवा एकै मञ्चमा

जेसीआई नेपालको आयोजनामा साउथ एशिया एकेडेमी फर इन्टरनेशनल लिडरशिप कार्यक्रम हुँदै, दक्षिण एसियाली युवा एकै मञ्चमा

केन्द्रबिन्दु
18
Shares

जेसीआई नेपालको आयोजनामा पहिलो पटक नेपालमा साउथ एशिया एकेडेमी फर इन्टरनेशनल लिडरशिप कार्यक्रम हुने भएको छ ।

जेसीआई नेपालले आज काठमाडाैंमा एक पत्रकार सम्मेलन गर्दै जुलाई ३१ देखि अगस्ट ३ सम्म उक्त कार्यक्रम हुने जानकारी दिएको हो । कार्यक्रमको प्रमुख उद्देश्य दक्षिण एसियाका उद्यमीहरू, लगानीकर्ता, व्यवसायिक नेताहरू र नेपालका स्टार्टअपहरूबीच नेटवर्किङ, लगानीको सम्भावना पहिचान, तथा साझा सहकार्यलाई प्रवद्र्धन गर्दै दीगो आर्थिक विकासमा योगदान पु-याउनु रहेको आयोजककाे भनाइ छ ।

जेसीआईकी राष्ट्रिय अध्यक्ष रञ्जनी थापाले नेपालका लागि यो कार्यक्रम ऐतिहासिक हुने विस्वास व्यक्त गरिन् ।
उनले भनिन्, ‘‘यो कार्यक्रम नेपाली युवा नेतृत्वलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने दुर्लभ अवसर हो । यसले नेपाललाई अन्तर्राष्ट्रिय युवा नेतृत्वको केन्द्रका रूपमा चिनाउनेछ । ’’

एसएएआईएलको अवधारण सन् २०२५ को जेसिआई एसिया प्यासिफिक कन्फरेन्सको उलानवटारमा जन्मिएको हो । उक्त अवसरमा नेपाल, भारत, बंगलादेश र श्रीलंकाका प्रतिनिधीबीच संयुक्त सम्झौता भएको थियो । जसमा सो चार वटा राष्ट्रले एसएएआईएल स्थापनाको संकल्प गरेका थिए ।

एसएएआईएल नेपाल २०२५ का प्रमुख उदेश्यहरु

  • युवा नेतृत्व क्षमताको बहुआयामिक विकास
  • दक्षिण एसियाली राष्ट्रबीच आपसी समझदारी, मित्रता र सहकार्य प्रवदर््न
  • नेपाली संस्कृति, पर्यटन र पहिचानको अन्तर्राष्ट्रिय प्रचार – प्रसार
  • दीर्घकालिन नेटवर्क र क्षेत्रीय साझेदारीको निर्माण
    कार्यक्रममा नेतृत्व विकास सत्रहरू जस्तै निति निर्माण, सार्वजनिक

उद्यमशीलता, नवप्रवर्तन र विश्व नेतृत्वदृष्टिकोणमा आधारित कार्यशालाहरू हुनेछ ।
त्यसैगरि सांस्कृतिक आदानप्रदानका लागि काठमाडौं, लुम्बिनी, पोखरा, दरबार स्क्वायर, पाटन, भक्तपुर, स्वयम्भू, बौद्ध लगायतका विश्व सम्पदा सूचीकृत स्थलहरूको अवलोकन हुनेछ ।

Skip This
Skip This
Logo