क्लासिक फिटनेस एकेडेमीले नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय फिटनेस प्रदर्शनी आयोजना गर्दै, चार विधामा सम्मान प्रदान गरिने

क्लासिक फिटनेस एकेडेमीले नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय फिटनेस प्रदर्शनी आयोजना गर्दै, चार विधामा सम्मान प्रदान गरिने

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। फिटनेसलाई शिक्षाको रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको क्लासिक फिटनेस एकेडेमीले नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय फिटनेस प्रदर्शनी अर्थात् ‘फिटनेस एक्स्पो, २०८२’ आयोजना गर्ने भएकाे छ । फिटनेससम्बन्धी बिजनेस कनेक्सन र नेटवर्किङ ग्रोथ गर्न क्लासिक फिटनेसको आयोजना तथा रिगल इभेन्टको व्यवस्थापनमा आगामी भदौ १४ गते होटेल मल्लमा एक्स्पो आयोजना गर्न लागिएको हो।

क्लासिक फिटनेस एकेडेमीद्वारा प्रस्तुत गरिने नेपाल फिटनेस एक्स्पो, २०८२’ नेपालकै पहिलो अन्तर्राष्ट्रियस्तरको फिटनेस प्रदर्शनी हो,’ आयोजक संस्था क्लासिक फिटनेस एकेडेमीका संस्थापक रोजल शाहीले भने, क्लासिक फिटनेस एकेडेमीले गर्वका साथ नेपाल फिटनेस एक्स्पो घोषणा गरेको छ। जुन नेपालमै पहिलो पटक आयोजना हुन लागेको अन्तर्राष्ट्रियस्तरको फिटनेस प्रदर्शनी हो ।’

यो एक्स्पो केवल फिटनेससम्बन्धी सामग्री र सेवाहरूको प्रदर्शनी मात्र नभई व्यावसायिक सञ्जाल विस्तार गर्ने प्लेटफर्म समेत भएको उनले बताए । यसले नेपाली फिटनेस उद्योगलाई व्यावसायिक रूपमा बलियो बनाउने र अन्तर्राष्ट्रियस्तरमा पुयाउने उद्देश्य राखेको जानकारी दिँदै उनले एक्स्पोमा ब्राण्ड प्रदर्शनी, पोषण, उपकरण, पोशाक र यससम्बन्धी सेवाहरुबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागिता रहने जानकारी दिए ।

‘नेपाल फिटनेस एक्स्पो, २०८२ केवल एक इभेन्ट मात्र होइन, यो आन्दोलन हो। फिटनेसलाई जीवनशैलीको रुपमा स्थापित गर्ने, युवाहरूलाई सशक्त बनाउने र नेपाललाई स्वस्थ र फिटनेसको नयाँ युगमा प्रवेश गराउने माध्यम हो,’ संस्थापक शाहीले भने । उनका अनुसार एक्स्पोमा फिटनेस अवार्ड शो पनि गरिने छ। राइजिङ एथलेटिक, बेष्ट एथलेटिक, बेष्ट कोच र लाइफटाइम एचिभमेन्ट गरी प्रमुख चार विधामा उक्त सम्मान प्रदान गरिने छ ।

भारत, मलेसिया तथा अन्य एसियाली मुलुकहरुबाट प्रसिद्ध फिटनेस इन्फ्लुएन्सरहरू र व्यावसायिक प्रतिनिधिहरु यस कार्यक्रममा सहभागी हुने भएका छन्, जसले एक्स्पोलाई अझ विशेष बनाउनेछ। फिटनेस इन्फ्लुएन्सरहरू र व्यावसायिक प्रतिनिधिहरुबाट फिटनेससम्बन्धी सक्षिप्त ट्रेनिग्रहरू र विशेषज्ञहरुबाट निःशुल्क स्वास्थ्य परामर्श उपलब्ध गराइने छ ।

यो एक्स्पोमा नेपाली फिटनेस आइकनहरू राजेश शाही, महेश्वर महर्जन, प्रज्वलमान शाक्य, रजनी श्रेष्ठ तथा अन्तर्राष्ट्रिय फिटनेस सेलीब्रेटीहरू रोहित खत्री, नरेश सूर्या, युनिश शेख, सोनिया सिंह खत्री, रजत गोयल, बिन्दिया शर्मा र जैर्री कान शनलगायतको सहभागिता रहने छ। करिब तीन हजार जनाले अवलोकन गर्ने लक्ष्य राखिएको एक्स्पोमा फिटनेससँग चासौ राख्नेहरु, प्रशिक्षक, खेलाडी, व्यवसायी र विभिन्न ब्राण्डका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहनेछ ।

एक्स्पोका आकर्षणहरू

शैक्षिक सेमिनार र कार्यशालाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उद्योगी आइकन्नहरूसँग ‘मिट एण्ड ग्रेट’ सेसनहरू यो एक्स्पोका सुराम आकर्षणहरू हुन् । यस्तै, फिटनेस स्टलहरु र व्यापार प्रदर्शनी जस्तैः फिटनेस गियर र उपकरण, पोषण पुरक उत्पादनहरू, हेल्वटेक इन्नोभेसन र नेपालका अग्रणी जिमखाना र फिटनेस केन्द्रहरूको सेवाबारे जानकारी पनि एक्स्पोको आकर्षणका रुपमा रोका छन्।

नेपाली फिटनेश उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा लैजानु, स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूबीच साझेदारी र लगानीको अवसर सुजाण गर्नु फिटनेस, स्वास्थ्य र जीवनशैलीको क्षेत्रमा जनचेतना अभिवृद्धि गर्नु हो। यो एक्स्पोमा प्रदर्शनी मात्र नभई फिटनेस सी, योगा, देको दैनिक र अन्य मनोरज्जनात्मक प्रस्तुतिहरू समेत समावेश गरिंदै छ, जसले सम्पूर्ण इभेन्टलाई अझ जीवन्त बनाएकाे अपेक्षा गरिएको छ ।

‘नेपाल फिटनेस एक्स्पो नेपाली फिटनेस उद्योगका लागि एक ऐतिहासिक अवसर हो। यसले व्यवसाय, स्वास्थ्य र अन्तर्राष्ट्रिय पहुँचलाई एउटै मञ्चमा ल्याउनेछ,’ संस्थापक शाहीले भन्नुभयो। नेपालमा फिटनेस भन्नेवित्तिकै आम मानिसको मानसपटलमा ‘बडी बिल्डर’ हरूको मात्रै चित्र आउने गरेको भन्दै उनले स्वस्थ जीवन जिउनु नै फिटनेस भएको स्पष्ट गरे ।

एक्स्पोमा के-के हुँदैछ ?

यो एक्स्पोमा नेपालमा फिटनेससम्बन्धी वस्तु तथा सेवा आयात गरी सप्लाइ गर्ने आधिकारिक संस्था र फर्महरूको उल्लेख्य सहभागिता रहने छ । फिटनेससँग सम्बन्धित विभिन्न किसिमका क्रियाकलापहरूका साथै फिटनेस ‘लभर’हरूलाई लक्षित गरेर पनि विभिन्न गतिविधिहरू गरिने आयोजककाे भनाइ छ ।

Skip This
Skip This
Logo