काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटलाई सम्मान गरेका छन् ।
हालै भारतमा सम्पन्न म्याट्रिक्स फाइटर नाइट टाइटल विजेता ढाँटलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले सम्मान गरेका हुन्। उनले डिफेन्डिङ च्याम्पियन भारतका चुनरेङ कोरेनलाई पराजित गरेका थिए ।
व्यावसायिक फाइटमा नवौं जित दर्ता गर्दै रवीन्द्रले एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट हात पारेका हुन् ।
साे अवसरमा राष्ट्रपति पौडेलले खेलाडीको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताए । ‘देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै हाम्रा खेलाडीहरुले किर्तिमान र सफलता हासिल गर्न सक्दछन्,’ उनले भने।































प्रतिक्रिया