काठमाडाैं । उच्च अदालतमा तीन जना महिला न्यायाधीश सिफारिस भएका छन् ।
बिहीबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठकले २७ जनालाई न्यायाधीशमा सिफारिस गरेको हो। त्यसमध्ये तीन जना महिला छन्।
परिषदले जिल्ला अदालत मकवानपुरकी न्यायाधीश अवानी मैनाली भट्टराईलाई उच्च अदालतमा न्यायाधीशका लागि सिफारिस गरेको हो। उनी नियुक्ति भएसँगै उच्च अदालत पाटनमा पदस्थापन हुनेछिन्।
त्यस्तै कानून व्यवसायी तर्फबाट शर्मिला थापा विष्ट र निशा बानियाँ पनि उच्च अदालतमा न्यायाधीशका लागि सिफारिस भएका छन्।































प्रतिक्रिया