कारागारमा रवि लामिछानेको सुरक्षालाई ध्यानमा राखी बसाइको व्यवस्था मिलाइएको स्पष्टोक्ति

कारागारमा रवि लामिछानेको सुरक्षालाई ध्यानमा राखी बसाइको व्यवस्था मिलाइएको स्पष्टोक्ति

केन्द्रबिन्दु
48
Shares

लुम्बिनी । कारागार कार्यालय रूपन्देहीले सहकारी ठगीसम्बन्धी मुद्दामा भैरहवा कारागारमा रहेका पूर्वउपप्रधानमन्त्री रवि लामिछानेको सुरक्षालाई ध्यानमा राखी व्यवस्थापन गरिएको जनाएको छ ।

कारागार प्रशासनले आज जारी गरेको विज्ञप्तिमा उहाँको कारागार बसाइको व्यवस्थाका लागि एउटा छुटै कोठामा बसोबासको व्यवस्था मिलाइएको जनाएको छ ।

रूपन्देही कारागार प्रशासक सुरेश भण्डारीले जारी गरेकाे विज्ञप्तिमा हाल निलम्वनमा रहनुभएका प्रतिनिधिसभा सदस्य लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दामा थुनुवाका रूपमा विगत चार महिनादेखि उक्त कारागारमा रहेकाे जनाइएको छ । लामिछानेलाई समयसमयमा उनलाई भेट गरी समस्या तथा आवश्यकताका सम्बन्धमा सोधपुछ गर्ने गरेको र देखिएका समस्या समाधानसमेत गर्ने गरेको विज्ञप्तिमा जनाइएको छ ।

कारागार कार्यालयको विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति कार्यालयको गम्भीर ध्यानकर्षण भएको र समाचारमा प्रकाशित तस्बिर यस कारागारभित्र रहेको भवनको नभएको र समाचारमा उल्लेख भएजस्तो अवस्था नरहेको जनाइएको छ ।

विज्ञप्तिमा थुनुवा लामिछानेलाई अन्य सामान्य कैदीहरूले पाउने सेवा सुविधामा विभेद नगरीकन उनलाई पनि कार्यालयले सेवा सुविधा उपलब्ध गराउँदै आएको र उहाँले चाहेको खण्डमा मात्र बाहिरबाट आउने व्यक्तिले भेट्न पाउने तथा सञ्चार सुविधा उपयोग गर्ने वातावरण मिलाइएको उल्लेख गरिएको छ ।

सुरक्षाका दृष्टिले कारागार संवेदनशील क्षेत्र भएको र कारागारसँग सम्बन्धित समाचार प्रकाशन, प्रसारण गर्दा सर्वसाधारणमा भ्रम सृजना हुनेगरी चित्र तथा सामग्री नराखिदिन विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।

Logo