रवि लामिछानेले दिएको निवेदनमाथिको सुनुवाइ आज

रवि लामिछानेले दिएको निवेदनमाथिको सुनुवाइ आज

केन्द्रबिन्दु
24
Shares

काठमाडाैं । सहकारी ठगी गरेकाे आराेपमा हाल कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दिएको निवेदनमाथिको आज सुनुवाइ हुने भएकाे छ ।

रूपन्देही जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासमा सुनुवाइ हुन लागेकाे हाे । दुई करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत बुझाएर लामिछानेले आफूलाई थुनाबाहिर राख्न माग गरेका छन्।

लामिछानेले थुनामुक्त गर्न माग गरी गत साउन १९ गते जिल्ला अदालतमा निवेदन दिएका थिए। उक्त निवेदनमाथि सुनुवाइ हुनसकेको थिएन। सुप्रिम बचत तथा ऋण सहकारीबाट भएको अपचलनको मुद्दामा लामिछाने हाल पुर्पक्षका लागि थुनामा छन् ।

Skip This
Skip This
Logo