काठमाडौं महानगरद्वारा फाइटर रवीन्द्र ढाँटलाई नगद २ लाखसहित सम्मान

काठमाडौं महानगरद्वारा फाइटर रवीन्द्र ढाँटलाई नगद २ लाखसहित सम्मान

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटलाई २ लाखले सम्मान गरेको छ ।

केही दिनअघि भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियनको उपाधि जितेका ढाँटलाई महानगरले मंगलबार २ लाख रूपैयाँसहित सम्मान गरेको हो ।

उनले भारतका चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै यो उपाधि हासिल गरेका थिए । उनी बान्टमवेट च्याम्पियनको उपाधि जित्ने पहिलाे नेपाली फाइटर हुन् ।

Logo