काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले ‘हाम्रो देश, नामको देश’ भएकाे टिप्पणी गरेका छन् ।
जेनजीकाे आन्दोलनमा भएकाे प्रहरीकाे दमनलाई लक्षित गर्दै सचिव खड्काले भनेका छन्, “हाम्रो देश, नामको देश। जता हेरे, त्यतै निराशा, कामभन्दा भाषण बढी।”
उनले देशको वर्तमान अवस्थाप्रति गहिरो असन्तुष्टि पोख्दै सही र गलतको मूल्याङ्कन नभएको, र हरेक क्षेत्रमा व्यक्तिगत स्वार्थ हावी भएकोमा दुःख व्यक्त गरे ।
पूर्व राष्ट्रिय क्रिकेट कप्तानसमेत रहेका खड्काले देशको अवस्था यति नाजुक भएको संकेत गर्दै भनेका छन्, “शहीद भएका छन्, धेरैलाई बनाइएको छ, सायद मर्नु शहीद हुनु हो भने, हामी सबै धेरै अघि नै शहीद भइसकेका छौँ।”































प्रतिक्रिया