शरणार्थी प्रकरणका बेचन झा, टेकनारायण पाण्डे र प्रतीक थापा आफैँ कारागारमा हाजिर भए

शरणार्थी प्रकरणका बेचन झा, टेकनारायण पाण्डे र प्रतीक थापा आफैँ कारागारमा हाजिर भए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । जेन जी आन्दोलनका बेला फरार भएका नक्कली भुटानी शरणार्थी प्रकरणका तीन जना आरोपी कारागारमा हाजिर हुन पुगेका छन् । जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट फरार भएका बेचन झा, टेकनारायण पाण्डे र प्रतीक थापा आफैँ हाजिर हुन पुगेका हुन् ।

गत भदौ २४ गते जेनजी आन्दोलन उग्र बन्दा त्यही मौकामा तीन जना फरार भएका थिए ।नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पुर्‍याउने प्रकरणमा झा मुख्य मानिन्छन् । त्यस्तै अर्को पाण्डे तत्कालीन गृहसचिव हुन् भने थापा पूर्वगृहमन्त्री समेत रहेका एमाले नेता रामबहादुर थापा बादलका छोरा हुन् ।

सोही प्रकरणमा जोडिएका पूर्वमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी समेत मंगलबार सुन्धारा कारागारमा पुगेका थिए । यस्तै सोही प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका केशव दुलाल र सानु भण्डारीलाई मंगलबार अपराध महाशाखाले पक्राउ गरेपछि उनीहरू आफै उपस्थित भएका हुन् ।

जेनजी आन्दोलनका क्रममा देशका अधिकांश कारागारबाट धेरै कैदीहरु फरार भएका थिए । सो क्रममा साढे १४ हजार कैदी फरार रहे पनि अझैसम्म धेरै कैदीहरु अझै फरार रहेका छन् ।

Logo