चितवनमा धानबालीमा मरुवा रोगको समस्या, किसानहरु चिन्तित

चितवनमा धानबालीमा मरुवा रोगको समस्या, किसानहरु चिन्तित

केन्द्रबिन्दु
6
Shares

चितवन । जिल्लामा लगाइएको धान खेतीमा मरुवा रोगको समस्या देखिएको छ । कृषि विकास कार्यालयका अनुसार अहिले अधिकांश धान खेतीमा यो रोगको समस्या देखिएको हो ।

कार्यालयका बालीविकास अधिकृत गीता केसीका अनुसार दैनिक ७ देखि १० जना यो रोगको समस्या लिएर आउने गरेका छन् । ढुसीका कारण यो रोग लाग्ने गर्दछ । अहिलेको समयमा देखिएको मरुवा रोग नियन्त्रणका लागि पानी जमाई राख्नु पर्ने उनले सुझाव दिइन् । यो रोग लाग्दा पातमा स–साना सेता टीकाबीचमा भएको लाम्चिला खैरा थोपा देखिने उनले जानकारी बताइन् ।

उनका अनुसार बालादेखि तलको डाँठको वरिपरी वा आँख्लामा खैरो रङ भएको दाग पनि देखिने गर्दछ । यो रोग देखिएमा नजिकको कृषि विकास कार्यालयमा सम्पर्क गर्न उनले सुझाब दिइन् । खेतमा पानी जमाई राख्न पनि उनको सुझाव छ । ढुसी सहन सक्ने जातका धान लगाउनु पर्ने उनले बताइन् ।

जिल्लामा यस वर्ष २७ हजार २०७ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ । रोग, किरा र बुढो बिउ रोप्नुपर्ने बाध्यताका कारण गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा कमी आउने अनुमान गरिएको उनले बताइन् ।

Logo