चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा

चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा

केन्द्रबिन्दु
6
Shares

कलैया। बारामा यही असोज १७ गते रातिदेखि १९ गते बिहानसम्म परेको अविरल वर्षाका कारण चार हजार हेक्टर क्षेत्रफलमा लगाइएको बाली डुबानमा परेको छ ।

कृषकले खेती गरेको धान, उखु र तरकारी डुबानमा परेको कृषि ज्ञानकेन्द्र बाराका प्रमुख राजनारायण साहले जानकारी दिए। जिल्लाका १६ वटै स्थानीय तहमा किसानले लगाएको भदैया धान एक हजार ६१५ हेक्टर, अगहनी एक हजार ३५७, उखुबाली ४३७ हेक्टर तथा तरकारी ४८८ हेक्टर डुबानमा परेको उनले बताए।

चालु आर्थिक वर्ष २०८२÷८३ मा कृषकले भदैया अगहनी गरी कूल ४६ हजार २० हेक्टर क्षेत्रफलमा खेती गरेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । डुबानका कारण यस वर्ष उत्पादनमा कमी आउनसक्ने बताइएको छ ।

Logo