कैलालीमा घाँटी रेटेर एक युवकको हत्या,टाउको बोकेर प्रहरी कार्यालय पुगे अभियुक्त

कैलालीमा घाँटी रेटेर एक युवकको हत्या,टाउको बोकेर प्रहरी कार्यालय पुगे अभियुक्त

केन्द्रबिन्दु
60
Shares

धनगढी । सामान्य विवाद हुँदा कैलालीमा एक युवकको विभत्स हत्या भएको छ । हत्या गर्नेहरु टाउको लिएर प्रहरी चौकी पुगेका छन् ।

घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति खाजा खाने क्रममा विवाद हुँदा २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले सुर्खेतको चौकुने गाउँपालिका–३ घर भएका बुढाको हत्यामा संलग्न दुई जनाले राति नै प्रहरीमा आत्मासमर्पण गरेको जानकारी दिए ।

उनकाअनुसार धारिलो हतियारले रेटिएको टाउको बोकेर शुक्रबार राति नै घोडाघोडीकै १८ वर्षीय बलबहादुर बि.क. र १९ वर्षीय गंगा बुढा क्षेत्री इलाका प्रहरी कार्यालय सुखडमा पुगेका थिए । उनीहरुलाई नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Skip This
Skip This
Logo