अन्नपूर्ण प्रथमको आधार शिविरको यात्रामा अपाङ्गता भएका व्यक्ति

अन्नपूर्ण प्रथमको आधार शिविरको यात्रामा अपाङ्गता भएका व्यक्ति

केन्द्रबिन्दु
9
Shares

दमौली। अपाङ्गता भएका व्यक्तिहरुले अन्नपूर्ण प्रथम आधार शिविरसम्मको पदयात्रा सुरु गरेका छन् । नेपालका विभिन्न प्रदेश र जिल्लाबाट छ प्रकारका अपाङ्गता भएका व्यक्तिले आजदेखि पदयात्रा सुरु गरेका हुन् ।

शारीरिक अपाङ्गता भएका चोमु शेर्पा खुसी, इश्वर बास्तोला, विशाल भण्डारी, सेरेवल पालसी सङ्गीता शर्मा, अल्बिनो अपाङ्गता विशाल विक, दृष्टि सम्बन्धी दृष्टिविहिनता अपाङ्गता भीम गुरुङ, सुनुवाइ सम्बन्धी बहिरा वासु थकाली र सहयोगीको रुपमा बन्दना राई सम्मिलित टोली अन्नपूर्ण प्रथम आधार शिविरको पैदलयात्रामा निस्किएको हो ।

अपाङ्गतामैत्री नीति र भौतिक संरचना पर्यटन क्षेत्रमा समावेशीता आवश्यक रहेको सन्देश दिन पदयात्रा गरिएको दमौलीका इश्वर बास्तोलाले जानकारी दिए। उनले भने, “हरेक क्षेत्र अपाङ्गतामैत्री हुनुपर्छ, अपाङ्गता भएका व्यक्तिहरुले पनि पदयात्राका लागि सक्षम छन् भन्ने सन्देश दिन पदयात्रा सुरु गरेका हौ ।”

पचहत्तर वर्षअघि जुन ३ अर्थात जेठ २० गते फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको थियो । हर्जोग सँगै लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरे सँगै हिमाल आरोहणको युगको सुरुवात भएको थियो ।

अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै सन् १९५३ मई २९ तारिखको दिन सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सफल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर पुगिन्छ ।

आधार शिविर जाने पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा पछिल्लो समय अन्नपूर्ण आधार शिविर पदयात्रीका लागि आकर्षणको केन्द्र बनेको छ ।

Skip This
Skip This
Logo