नवलपुरमा तिहारको बेला २६ सवारी दुर्घटनामा चारको मृत्यु

नवलपुरमा तिहारको बेला २६ सवारी दुर्घटनामा चारको मृत्यु

केन्द्रबिन्दु
6
Shares

नवलपुर। तिहारमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा भएका विभिन्न दुर्घटनामा परी चार जनाले ज्यान गुमाएका छन् । कात्तिक १ गतेदेखि कात्तिक ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा २६ वटा सवारी दुर्घटना भएका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार जिल्लामा भएका सवारीसाधन दुर्घटनामा परी ४८ जना घाइते भएका छन् । दुर्घटनामा संलग्न सवारीसाधनमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेका नेपालले बताए। दुर्घटनामा २६ वटा मोटरसाइकल, आठ वटा स्कुटरसहित तेलको ट्याङ्कर तथा अटो रिक्सालगायत छ वटा सवारीसाधन संलग्न रहेका नेपालको भनाइ छ ।

जिल्लामा भित्री सडकखण्डमा सबैभन्दा बढी दुर्घटना भएका उनले जानकारी दिए। जिल्लामा भएका दुर्घटनाका कारण तीव्र गति, सडकको अवस्था तथा चालकको लापरबाही रहेको उनले उल्लेख गरे। ट्राफिक नियम पालना नगरी सवारीसाधन चलाउँदा हुने दुर्घटनाबाट धेरै क्षति हुने गरेको नेपालले बताए।

Logo