महोत्तरीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु

केन्द्रबिन्दु
9
Shares

जनकपुरधाम । नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट महोत्तरीको औरही नगरपालिका–४ कटुधारमा एक बालिकाको मृत्यु भएको छ । बुधबार अप्राहन्न साइकलमा हिँड्दै गरेकी स्थानीय गोविन्द यादवकी १० वर्षीया छोरी शिवानी यादवको मृत्यु भएको हो। मृत्युपछि स्थानीयवासीले सडक अवरुद्ध गरेका छन् ।

स्थानीय सन्ध्या यादवसँगै साइकलमा जाँदै गरेकी शिवानी लाई मोटरसाईकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा जानकी एकेडमिक हस्पिटल महोत्तरीमा मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र भट्टले जानकारी दिएका छन् ।

Skip This
Skip This
Logo