स्याफ्रुबेँसी–रसुवागढी अन्तरराष्ट्रिय राजमार्ग मर्मत सुरु

स्याफ्रुबेँसी–रसुवागढी अन्तरराष्ट्रिय राजमार्ग मर्मत सुरु

केन्द्रबिन्दु
6
Shares

रसुवा। पाँच दिनदेखिको लगातार वर्षाका कारण अवरूद्ध स्याफ्रुबेँसी–रसुवागढी खण्डको अन्तरराष्ट्रिय राजमार्ग पुनःसञ्चालनका लागि मर्मत सुरू भएको छ ।

भारी वर्षाका कारण सडकका दर्जनौँ स्थानमा क्षति भई यातायात सञ्चालनमा अवरूद्ध भएको थियो । सडक विभागकै स्वामित्वमा रहेको डोजरको सहायताले अन्तरराष्ट्रिय राजमार्गको मर्मत सुरू गरिएको गल्छी, त्रिशूली, मैलुङ स्याफ्रुबेँसी, रसुवागढी सडक सुधार आयोजनाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए। उहाँका अनुसार पाँच दिनमा मर्मत सम्पन्न गर्ने लक्ष्यका साथ यही कात्तिक १५ गतेदेखि डोजर परिचालन गरिएको हो ।

गत असार र साउनको वर्षाले क्षति बनाई पुनःसञ्चालनमा ल्याएपश्चात् कात्तिकको वर्षाका कारण सडकमा फेरि क्षति पुगेको थियो । ठाडो खोलाले खोलेर जग उतारेको कुलुङखोला पुलको जगमा सिमेन्टको कङ्क्रिट भर्ने काम भने सम्पन्न गराइसकेको सडक सुधार आयोजनाले जनाएको छ ।

Logo