काठमाडौं । आर्थिक अपचलनको जाहेरीमा प्रभु समूहका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउ परेपछि प्रभु बैंकमा छापा मारिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र नेपाल राष्ट्र बैंकको संयुक्त टोलीले शुक्रबार राति प्रभु बैंकमा छापा मारेको हो । हाल ती फाइलमाथि छानविन शुरू भएको बताइएको छ । ९८ करोड रुपैयाँ ठगी भएको भनी प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाद्वारा दायर जाहेरीका आधारमा भट्टचन कात्तिक ११ गते ललितपुरबाट पक्राउ परेका थिए ।
लामाको जाहेरीमाथि अनुसन्धान गर्न सरकारी वकिलले कार्यालयले गत वर्षको असोज ११ गते नै प्रहरी परिसर, काठमाडौंमा पठाएको थियो । तर, भट्टचन पक्राउ परेका थिएनन् ।





























प्रतिक्रिया