बालेनलाई पनि नटेर्ने ‘ब्ल्याकलिस्टेड’ उद्योगपति

बालेनलाई पनि नटेर्ने ‘ब्ल्याकलिस्टेड’ उद्योगपति

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । बालेन शाह काठमाडौं महानगरपालिकाका मेयरमा निर्वाचित भएर आएपश्चात् सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध सक्रिय अभियान सुरु गरेका थिए । केहीमा सफलता हात लागे केहीमा विरोध । त्यसमा मेयर बालेनलाई समेत नटेर्ने र महानगरको लागि टाउको दुखाइ बनेका छन्, ब्ल्याकलिस्टेड उद्योगपति पीयूषबहादुर अमात्य । उनको बलमिच्याईंको सीमा नै छैन ।

यो हो, काठमाडौं महानगरपालिका वडा नं. १० नयाँ बानेश्वरस्थित १४१ नम्बर कित्तामा रहेको जग्गा विवाद । व्यापारीक पहुँच र राजनीतिक बलका आधारमा अमात्यले आफ्नो सँधियारको जग्गा अनिधाकृत भोग चलन गरिरहेका थिए । सुरुमा विवाद उत्पन्न भएको उक्त जग्गाको धनी भद्रकाली गुठीको रहेकामा त्यसको मोही अष्टलक्ष्मी मालीले जोतभोग गरिरहेको स्रेस्ता कायम थियो। अष्टलक्ष्मीको निधन भएपछि उनको उक्त जग्गा छोरी पूर्णदेवी मालीको नाममा पुग्यो ।

पूर्णदेवी मालीले उक्त जग्गामा कुनै भाग चलन नगरे पछि अमात्य समूहले पहुँचका आधारमा उक्त जग्गामाथि अमात्यको आँखा पुग्यो । त्यस बेलादेखि नै पूर्णदेवीले जग्गा विवादका बारेमा कुरा गर्न खोज्दा कहिले भेट नदिने त कहिले धाक धम्कीले दिएर अमात्यले पन्छाउने काम गरिरहेका थिए ।

आइएसएमटीको जग्गा मिचेर घरको पर्खाल बनाएका अमात्यले ठाउँ–ठाउँबाट मुद्दा हार्दासमेत बलमिच्याईं गरे पछि यो विवाद सतहमा आएको हो ।

पूर्णदेवीले २०६५ असोज २६ गते पूर्णदेवी, कुलबहादुर विष्ट, र सन्तोष कर्माचार्यको नाममा बनाइन् र अमात्यसँग विवाद गर्न नसकिने देखेपछि सस्तो मूल्यमा सबै क्षेत्रफल जग्गा कायम गराउँदै बेचबिखन गरिन् । त्यसपछि तीन जनाको नाममा रहेको त्यहाँको पूरै जग्गा क्रमशः प्राइम हाउजिङ प्रालि, आइएमएस डेभलपर्स प्रालि, सगुन कन्स्ट्रक्सन बिक्री र हक हस्तान्तरण सर्दै २०८० असोज ७ मा इन्टरनेशनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आइएसएमटी) कलेजले खरिद गरेको पाइएको छ ।

आईएसएमटीले जग्गा खरिद गरी घेरा वार लगाउने र आफ्नो जग्गा खोजी गर्न थालेपछि यो जग्गाको विवाद सुरु भएको हो । पुर्जामा भएको जग्गा अनुसार आफ्नो नामको जग्गाको बारेमा साधसँधियारलाई सोधखोज गर्ने र मिचेर पर्खाल लगाएका अमात्यलाई भेट्ने कुरा गर्ने अनेक प्रयास गर्दा कहिल्यै भेट्न र कुरा गर्न नचाहे पछि आइएसएमटीले वडा नं १० को कार्यालयममा स्थानीयहरूसहित छलफलका लागी धेरै पटक ताकेता र सूचना गर्दा समेत पीयूष बहादुर अमात्य र उनको परिवार वार्ड कार्यालयमा उपस्थित भएनन् ।

वडा कार्यालयले आफूहरूलाई नटेरेको र आफूले नसके पछि वार्ड कार्यालयले उक्त मुद्दा महानगर पालिकामा पठायो । महानगरमा निवेदन दर्ता गराएपछि मेयर बालेन साहको इजलासले गत वैशाख ११ गते पर्खाल भत्काउन आदेश जारी गर्यो । आदेशमा भनिएको थियो ‘प्रतिवादीले वादीको जग्गामा पर्ने गरी बनाएको हदसम्मको पर्खाल भत्काउने’ र ‘आफ्नै स्वामित्वको जग्गामा बनाएको संरचनाको हकमा नक्सा पेस गर्नुपर्ने।’

महानगरको न्यायिक समितिले जग्गा विवाद सम्बन्धी मुद्दामा मेयर साहको इजलासले गत वैशाख ११ गते पर्खाल भत्काउन आदेश दिएको थियो । सोही आदेश अनुसार महानगर प्रहरीले अमात्यको घरसमेत जोडिएको पर्खाल भत्काएको थियो । आइएसएमटीको जग्गा मिचेर घरको पर्खाल बनाएका अमात्यले ठाउँ–ठाउँबाट मुद्दा हार्दासमेत बलमिच्याईं गरे पछि यो विवाद सतहमा आएको हो ।

महानगर मात्र होइन अमात्यलाई उच्च अदालत पाटनले पनि जग्गा कलेजकै स्वामित्वमा रहेको भन्दै मुद्दा हराइसकेको छ । अमात्यले दर्ता गरेको निषेधाज्ञाको रिट २०८१ साल असोज १५ गते न्यायाधीश श्यामकुमार भट्टराईको इजलासले खारेज गरेको थियो । रिट खारेज भएपछि कलेज महानगरपालिकाको न्यायिक समितिमा गएर पर्खाल भत्काउन माग गर्दै निवेदन दिएको थियो । न्यायिक समितिले पर्खाल भत्काउन आदेश दिएको थियो ।

सोही आदेशअनुसार महानगर प्रहरीले अमात्यको काठमाडौं -१०, नयाँ बानेश्वरमा रहेको घर अगाडिको पर्खाल भत्काएको थियो । अमात्य र उनका छिमेकीले पर्खाल भत्काउन आएको महानगरको टोलीमाथि ढुङ्गामुढा गरेपछि डोजरपछि हटेको थियो । यसअघि अमात्य महानगरको आदेशविरुद्ध काठमाडौं जिल्ला अदालत गएका थिए । अदालतमा उक्त मुद्दा विचाराधीन रहेको छ ।

महानगर मात्र होइन अमात्यलाई उच्च अदालत पाटनले पनि जग्गा कलेजकै स्वामित्वमा रहेको भन्दै मुद्दा हराइसकेको छ ।

काठमाडौं महानगरले पर्खाल भत्काएपछि अमात्य पुनः उच्च अदालत पाटन गएका छन् । दोस्रो पटक निषेधाज्ञाको माग गर्दै उनी उच्च अदालत गएका हुन् । अमात्यले ४२ वर्षअघि वि.सं. २०४० सालमा बनाइएको घर भिरालो जग्गामा रहेकाले सुरक्षाको निम्ति छेउको दुई आना दुई पैसा साढे तीन दाम जग्गा किनेर पर्खाल निर्माण गरेको दाबी गरेका छन् । उनले जग्गा किनेको बताए पनि उनीसँग जग्गा किनेको कुनै प्रमाण छैन । अमात्य परिवार घरायसी कागजका आधारमा किनबेच गरिएको बताउँदै नक्कली कागज महानगरको न्यायिक समितीमा पेश गरेको थियो ।

को हुन् पीयूष बहादुर अमात्य ?

अमात्य एक उद्योगपति हुन् । नेपालमा पहिलोपटक भित्र्याएको मित्सुबिशी मोटर्सको डिलर सिप, क्वालिटी आइसक्रिम, सानमिगल बियर, माउन्ट एभरेस्ट ब्रुअरी सहितका देशका चल्तीका व्यवसायबाट कमाएको पैसा उनले पोखराको फूलबारी रिसोर्टमा लगाए । उग्र महोत्वकांक्षाको परिणाम स्वरूप उनले ती व्यवसायबाट पनि आफ्नो स्वामित्व गुमाउँदै गए र बैङ्कको ऋण तिर्न नसकेर कालोसूचीमा छन् भने भएको व्यवसाय पनि बैङ्कले लिलामी गरिसकेको छ ।

बैङ्कको ऋण तिर्न नसकेर हाल उनी कालोसूचीमा छन् भने भएको व्यवसाय पनि लिलामी भइसकेकाे छ ।

२०५५ सालमा नेपाल बैङ्कबाट करिब सवा अर्ब ऋण लिए । नेपाल बैङ्कको सहवित्तीयकरणमा राष्ट्रिय वाणिज्य बैङ्क र कर्मचारी सञ्चय कोषले १ अर्ब ३१ करोड रुपैयाँ ऋण दियो । ऋणमध्ये नेपाल बैङ्कको ६५ करोड, वाणिज्य बैङ्कको ३५ करोड र सञ्चय कोषको ३१ करोड रुपैयाँ थियो । २०५८ सालदेखि ऋण तिर्न नसकेपछि नै उनलाई बैङ्कले खराब कर्जाको सूचीमा राखिदियो । साँवाको किस्ता लगातार नतिरेपछि उनले हाल बैङ्कलाई तिर्नुपर्ने रकम १८–२० अर्बसम्म पुगेको अनुमान गरिएको छ ।

नेपाल कर्जा सूचना केन्द्रका अनुसार अमात्यको नाममा रहेका सबै बैङ्कक खाताहरु रोक्का छन् । उनी नेपालभर कुनैपनि बैङ्ककिङ कारोबार गर्न पाउँदैनन् । कर्जा सूचना केन्द्रले प्रकाशन गरेको कालोसूचीको विवरणमा कालोसूची नं. ३३९४, ३२८८, १३०४२०, १३५११७६, १४२९५३, २८२७ मा उनी सहितको स्वामित्वमा रहेको कम्पनीहरुको समेत कारोबार रोक्का गरिएकाे छ । २०६४ चैत्रमा माउन्ट एभरेष्ट वियर, सान मिगल कर्पोरेशन, २०६४ अषाढमा नेपाल स्टिल प्रा.लि, २०६५ भदौमा एभरेष्ट आईसक्रिम लगायतका कम्पनीहरुलाई हालसम्म पनि कालोसूचीमा राखिएको छ ।

Logo