जग्गा कित्ताकाट अबको ८ महिनासम्म देशभर खुला

जग्गा कित्ताकाट अबको ८ महिनासम्म देशभर खुला

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । सरकारले भूउपयोग नियमावली संशोधन गर्दै आगामी २०८३ असार मसान्तसम्म देशभर जग्गाको कित्ताकाट खुला गरेको छ। यसअघि २०८२ असार मसान्तदेखि भूउपयोग वर्गीकरण नगरेका स्थानीय तहमा कित्ताकाट बन्द हुने व्यवस्था थियो। जसका कारण करिब ५०० स्थानीय तहमा घरजग्गा कारोबार ठप्प जस्तै भएको थियो।

संशोधित नियमावलीमा यो मिति २०८३ असार मसान्त कायम गरिएको छ । योसँगै सो अवधिसम्म देशभर कित्ताबाट गर्न पाइनेछ । भूउपयोग वर्गीकरण गरेका स्थानीय तहमा भने यसअघि नै कित्ताकाट खुला रहँदै आएको थियो, असारपछि पनि यो निरन्तर रहनेछ ।

कित्ताकाट गर्न बाँकी स्थानीय तहले आगामी असार मसान्तसम्म यस्तो वर्गीकरण गरिसक्नुपर्नेछ । अन्यथा फेरि कित्ताकाट बन्द हुनेछ । देशभरमा ७५३ स्थानीय तह छन् । त्यसमध्ये दुई तिहाइ स्थानीय तहमा कित्ताकाट रोकिँदा कारोबार र राजस्व समेत प्रभावित हुँदै आएको थियो । यो निर्णयले घरजग्गा कारोबारमा केही हदसम्म सुधारको अपेक्षा गरिएको छ ।

Logo