काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।
प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा बिहीबार न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंसहित विपक्षीहरू उपस्थित हुन आदेश दिएको हो।
प्रसाईंले दिएका अभिव्यक्तिका आधारमा प्रहरीले सोमबार मध्यराति पक्राउ गरेको थियो । उनीमाथि सार्वजनिक शान्ति विरूद्धको कसुरमा पक्राउ गरेको थियो । त्यस्तै उनका बडिगार्ड दिपक खड्कालाई पनि पक्राउ गरी अभद्र व्यवहारको कसुरमा अनुसन्धान अघि बढाएको छ ।































प्रतिक्रिया