सर्लाही । धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन्। प्रहरीका अनुसार आइतबार बिहान मिथिला नगरपालिका – २ नकटाझिज स्थित जनकपुर बाट ढल्केवर तर्फ आउँदै गरेको बागमती प्रदेश ०१– ०३१ च २०३६ नम्बरको कारले साइकलमा सवार दम्पतीलाई ठक्कर दिएको हो।
कारको ठक्करबाट साईकलमा सवार जिल्लाकै मिथिला नगरपालिका– १ कि ५५ वर्षीया सुमित्रा देवीमहतोको मृत्यु भएको छ। कारको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा उनका श्रीमान ६० वर्षीय राजकुमार महतो गम्भीर घाइते भएका छन् ।
अहिले राजकुमारको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको छ। ठक्कर दिने कार र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।





























प्रतिक्रिया