बारामा कम्बाइन मेसिनको ठक्करबाट एक जनाको मृत्यु

बारामा कम्बाइन मेसिनको ठक्करबाट एक जनाको मृत्यु

केन्द्रबिन्दु
3
Shares

रौतहट । बारामा धान झार्ने मेसिनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मधेस प्रदेश ०३–००१ त ८३२० नम्बरको कम्बाइन मेसिनले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको हो । महागढीमाई नगरपालिका स्थित इनर्वा चोक नजिक भुतही पुलमा सोमबार राति कम्बाइन मेसिनले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । ठक्करबाट मोटरसाईकल चालक रौतहट मौलापुर नगरपालिका–३ गम्हरिया वस्ने अन्दाजी २२ वर्षीय रुपेश साह सोनारको ज्यान गएको हो।

प्रहरीका अनुसार ठक्करबाट सोनारको घटनास्थलमै मृत्यु भएको हो भने उनीसंगै मोटरसाईकलमा पछाडी सवार बाराको कोल्हवी नगरपालिका वडा नम्बर १ का करिब २६ वर्षीय सुनिल साह सोनार गम्भीर घाइते भएका छन् ।घाईते सुनिलको थप उपचारको लागि काठमाडौं पठाइएको छ । रुपेशले चलाएको अपाची मोटरसाइकलको नम्बरसमेत खुल्न नसक्ने गरी जलेर पूर्णरुपमा नष्ट भएको छ ।

मोटरसाईकललाई ठक्कर दिने कम्पाइन मेसिनका चालक भने फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Skip This
Skip This
Logo