सडक दुर्घटनामा एक वर्षमा २०० बालबालिकाले अकालमै ज्यान गुमाए

सडक दुर्घटनामा एक वर्षमा २०० बालबालिकाले अकालमै ज्यान गुमाए

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ। नेपालमा सडक दुर्घटनाले बालबालिकाको भविष्य खोस्दै गएको छ। नेपाल प्रहरीको तथ्यांकअनुसार गत एक वर्षमा सडक दुर्घटनामा परी ११८ बालक र ८२ बालिका गरी कुल २०० जना बालबालिकाले ज्यान गुमाएका छन्। यो संख्या अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले बढी हो। प्रहरी प्रधान कार्यालयको ट्राफिक निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा मात्र देशभर १२,४५६ वटा सडक दुर्घटना भएका थिए जसमा २,२६७ जनाको मृत्यु भएको थियो। तीमध्ये बालबालिकाको हिस्सा झन्डै ९ प्रतिशत रहेको छ। विशेषगरी काठमाडौँ उपत्यका, कोशी प्रदेश र बागमती प्रदेशमा बालबालिकाको मृत्युदर उच्च देखिएको छ ।

दुर्घटनाका मुख्य कारणहरूमा चालकको लापरबाही (५२%), तीव्र गति (२८%), सडकको खराब अवस्था र पैदलयात्रीमाथि सवारी ठोक्किने घटना रहेको प्रहरीले जनाएको छ। अधिकांश बालबालिका स्कूल जाने÷फर्कने क्रममा वा सडकपेटीमा हिँड्दा दुर्घटनामा परेका छन्। सडक सुरक्षा विज्ञहरूका अनुसार नेपालमा बालबालिकालाई सुरक्षित बनाउन कार सिटको अनिवार्य प्रयोग, स्कूल जोनमा गति सीमा कडाइ र पैदलयात्रीमैत्री संरचना निर्माण तत्काल आवश्यक छ ।

सरकारले आगामी वर्षदेखि सबै स्कूल बसमा सिटबेल्ट र स्पीड गभर्नर अनिवार्य गर्ने तयारी गरेको छ भने ट्राफिक प्रहरीले ‘सुरक्षित स्कूल जोन’ अभियानलाई तीव्रता दिइरहेको जनाएको छ ।

Skip This
Skip This
Logo