काठमाडौं । थाइल्यान्डका प्रधानमन्त्रीले संसद् विघटन गरेका छन् । कम्बोडियासँग एक सातदेखि जारी झडपबीच उनले संसद विघठन गरेका हुन् । अब त्यहाँ ४५ देखि ६० दिनभित्र आमनिर्वाचन हुनेछ ।
शुक्रबार जारी एक आदेशमा प्रधानमन्त्री अनुतिन चर्नविराकुलले आफू अल्पमत सरकारमा सत्तामा आएको तीन महिनादेखि सीमामा घातक झडपका कारण धेरै चुनौतीको सामना गर्नुपरेको बताएका छन् ।
उनले भनेका छन्, “यसको उचित समाधान संसद् विघटन गर्नु हो, जसले राजनीतिक शक्ति जनतालाई फिर्ता दिने एक तरिका हुनेछ ।”
व्यवसायीबाट नेता बनेका अनुतिन सन् २०२३ अगस्टयता थाइल्यान्डका तेस्रो प्रधानमन्त्री हुन् ।































प्रतिक्रिया