काठमाडौं। सरकारले राजनीतिक दल तथा सरोकारवाला पक्षसँग निर्वाचन सम्बन्धी तीन मुख्य विषयमा सुझाव मागेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा गृहमन्त्रालयले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने, अन्तर निर्वाचनक्षेत्र मतदानको व्यवस्था र ‘नो भोट’ प्रावधान लागू गर्ने प्रस्तावसम्बन्धी प्रस्तुतीकरण गरेको हो।
यसअघि तयार पारिएको विधेयकमा विदेशस्थित नेपाली नियोगलाई मतदान स्थलको रुपमा प्रयोग गर्ने, नेपालमा भए पनि आफ्नो मतदान केन्द्रमा पुग्न नसक्नेले अर्को निर्वाचन क्षेत्रबाट मतदान गर्न सक्ने व्यवस्था समावेश गरिएको छ । त्यस्तै, मतपत्रमा उम्मेदवार नपरेको अवस्थामा ‘नो भोट’ प्रयोग गर्ने प्रावधान पनि राखिएको छ ।
सरकारले राजनीतिक दल र सरोकारवालाबाट प्राप्त सुझावका आधारमा विधेयकमा आवश्यक संशोधन गरी अन्तिम तयारी अगाडि बढाउने बताएको छ ।





























प्रतिक्रिया