लिचीबारी घुस डिलः पूर्वमन्त्री गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

लिचीबारी घुस डिलः पूर्वमन्त्री गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । पोखराको लिचीबारी घुस डिल प्रकरणमा पूर्वसामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतले आदेश दिएको छ।

बुधबार विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउन आदेश दिएको हो।

तत्कालीन राजाले राणाहरुलाई बिर्ता दिएको जग्गा पछि कीर्ते गरी अर्कैको नाममा गएको भन्दै २०३१ सालमा अदालतमा परेको मुद्दाको फैसला बोकेर करिब १ सय १० रोपनी जग्गा हत्याउने चलखेलमा गुप्ता मुछिएका हुन् । गुप्तासँग घुस डिल गरेको प्रकरणमा मुछिएका सुजन लामा नाम गरेका व्यक्तिकै अगुवाइमा पोखराको लिचिबारी हडप्ने चलखेल पछिल्लो समय चलिरहेको थियो । जग्गा हत्याउनकै निम्ति मालपोतकै प्रमुख नै फेर्ने प्रपञ्च चलेको थियो ।

Logo