पश्चिमी वायुको प्रभाव जारी, चार प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव जारी, चार प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ । देशभर पश्चिमी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीको असरले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रहँदा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिकदेखि साधारण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ। तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने अनुमान गरिएको छ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रही अन्य भूभागमा मौसम सफा रहने पूर्वानुमान छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ भने तराईका धेरै स्थानमा हुस्सु लाग्नेछ।

महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा सम्भावित वर्षा र हिमपात तथा बिहानको समयमा तराईमा देखिन सक्ने हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य सेवा र सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने जनाएको छ। त्यसैले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

Logo