जनयुद्दमा रुकुम पूर्वले लगाएको गुन तिर्न आएको हुँ भन्दै प्रचण्डले गराए उम्मेदवारी दर्ता

जनयुद्दमा रुकुम पूर्वले लगाएको गुन तिर्न आएको हुँ भन्दै प्रचण्डले गराए उम्मेदवारी दर्ता

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वी रुकुमका शहीद परिवारबाट आशीर्वाद ग्रहण गर्दै प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै प्रचण्डले माओवादी जनयुद्धमा रुकुमपूर्वले खेलेको ऐतिहासिक भूमिकाको स्मरण गर्दै आँफू यहाँबाट चुनाव लड्नु राजनीतिक मात्र नभएर भावनात्मक र नैतिक दायित्व भएको बताएका छन्।

प्रचण्डले रुकुमपूर्वलाई माओवादी आन्दोलनको मेरुदण्डका रूपमा व्याख्या गर्दै जनयुद्धका क्रममा यहाँका जनताले त्याग र बलिदानको ऋण राज्यले अझै पूर्ण रूपमा तिर्न नसकेको उल्लेख गरे। आउदो निर्वाचन व्यक्तिगत लाभका लागि नभएर शहीदप्रति जिम्मेवारी पूरा गर्ने यात्राको एक हिस्सा भएको बताए । प्रचण्डले शहीद परिवारको घरमै पुगेर आशीर्वाद लिएपछी उम्मेदवारी दर्ता गर्न निस्केका थिए। रुकुमेली जनताले बाजागाजा सहित प्रचण्डलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म पु¥याएका थिए ।

उनले रुकुमपूर्वलाई फेरि राष्ट्रिय राजनीतिको केन्द्र बनाउने दाबी गर्दै विकास, समृद्धि र न्यायलाई एकैसाथ अघि बढाउने प्रतिबद्धता जनाए । शहीद परिवारले भोग्दै आएको पीडालाई राज्यसँग जोडेर समाधान गरिने र जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको प्रचण्डको भनाई थियो । प्रचण्डको उम्मेदवारीसँगै पूर्वी रुकुमको चुनावी प्रतिस्पर्धा राष्ट्रिय चासोको विषय बनेको छ ।

Skip This
Skip This
Logo