आजको मौसम: पहाडी–हिमाली क्षेत्रमा हिमपात र हल्का बर्षाको सम्भावना

आजको मौसम: पहाडी–हिमाली क्षेत्रमा हिमपात र हल्का बर्षाको सम्भावना

केन्द्रबिन्दु
36
Shares

काठमाडौं। पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएसँगै देशका पहाडी र हिमाली क्षेत्रमा मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका उच्च भूभागमा हिमपात र हल्का वर्षाको सम्भावना देखिएको छ ।

हाल बागमती र गण्डकी प्रदेशसहित अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली देखिएको छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ । राति पनि ती क्षेत्रमा आंशिक बदली रहने र केही स्थानमा हिमपात तथा वर्षाको सम्भावना रहेको जनाइएको छ ।

मौसमका कारण ती भूभागमा चिसो बढ्ने, जनजीवन प्रभावित हुने तथा पर्यटन, पदयात्रा, हवाई र सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Logo