बालेनको डेरामा चोरी गर्ने तीन जना पक्राउ

बालेनको डेरामा चोरी गर्ने तीन जना पक्राउ

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को धुम्बाराहीस्थित डेरामा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा बालाजुका ४२ वर्षीय मनिष राजवाहक (पूर्व हिरासतबाट भागेका व्यक्ति) ,सिन्धुपाल्चोक, लिसंखुपाखरका ४६ वर्षीय खिमबहादुर खड्का र डोटी, दिपायलका ४५ वर्षीय सञ्जय श्रेष्ठ रहेका छन् ।

तीनैजनाले बालेनको चप्पल कारखानास्थित डेराबाट चोरी गरेको आरोप छ । प्रहरीका अनुसार मनिष राजवाहक पूर्व हिरासतबाट भागेका व्यक्ति भएकोले घटनामा विशेष ध्यान दिइएको छ ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

Logo