मनाङ। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी मनाङमा तीव्र रूपमा भइरहेको छ। तर, हिमपातले माथिल्लो क्षेत्रका मतदान केन्द्र र आसपासका क्षेत्रहरू सेताम्मे बनेका कारण व्यवस्थापन र अनुगमनमा कठिनाइ आएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार, नार्पाभूमि गाउँपालिका सडक सञ्जालमा पहुँच नपुगेको हुँदा निर्वाचन सामग्री ढुवानीमा समस्या देखिएको छ। मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिका हिउँले ढाकिएका छन्।
जिल्लामा कूल सात हजार मतदाता रहेको र २९ अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ। नासोँ गाउँपालिकामा नौ, चामेमा एक, नार्पाभूमिमा पाँच र मनाङ ङिस्याङमा नौ मतदान केन्द्र छन्। माथिल्लो क्षेत्रका मतदान केन्द्रहरू हिउँले ढाकिएका छन्।
प्रतिनिधिसभा सदस्य पदका लागि एउटै निर्वाचन क्षेत्रमा छ वटा दलको मनोनयन दर्ता भए पनि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली कांग्रेसलाई समर्थन गरेकाले नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र मङ्गोल नेशनल अर्गनाइजेशनबीच प्रतिस्पर्धा हुनेछ।































प्रतिक्रिया