ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ बाउनडाँडामा गएराति मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
लेलेबाट बालुवा लिएर कालेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक राति करिब ९ बजे सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्रक चालक गोदावरी नगरपालिका–६ का ५२ वर्षीय गणेश खड्का र सोही ठाउँका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको छ।
ट्रकमा सवार अन्य दुई पुरुषको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। उनीहरूलाई अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक दुई जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।





























प्रतिक्रिया