विराटनगरमा दुर्घटनामा परेको गाडीबाट ४२० किलो गाँजा बरामद

विराटनगरमा दुर्घटनामा परेको गाडीबाट ४२० किलो गाँजा बरामद

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ। शिवरात्रिको दिन आइतबार बिहान विराटनगर महानगरपालिका–५ स्थित पुलचोकमा दुर्घटनामा परेको स्कोरपिओ गाडीबाट ४२० किलो गाँजा बरामद भएको छ ।दुर्घटनामा परेको बा८च ६५०८ नम्बरको स्कोरपिओ गाडीबाट प्रहरीले ४२० किलो गाँजा बरामद गरेको हो ।

भित्री सडक खण्ड हुँदै तीव्र गतिमा गुडिरहेको स्कोरपिओ अचानक अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो । मोरङ प्रहरीका अनुसार स्कोरपिओको सिट तथा डिक्कीको भागमा प्लास्टिकले बेरिएको अवस्थामा गाँजा प्याक गरेर राखेको अवस्थामा ४२० किलो गाँजा बरामद भएको हो ।

सुरक्षाकर्मीलाई छल्न तीव्र गतिमा कुदाउँदा गाडी दुर्घटनामा परेको हुन सक्ने प्रहरीले बताएको छ ।

Logo