काठमाडौं। रामेछापमा बस दुर्घटना भएको एक सातापछि मात्र सुनकोशी नदी किनारामा एक बालकको शव फेला परेको छ ।
आज बिहान साढे ७ बजे गोलन्जोर गाउँपालिका–७ तल्लो बजार नजिकै सुनकोशी नदी किनारामा बालकको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको जानकारी आनुसार मृतक ९ वर्षीय कृचन तामाङ हुन्। उनको शव लाई
मन्थली–२ पिप्लेका उनको ठूलोबुबा युवराज तामाङले सनाखत गेका हुन्। शव पहिचान भएसँगै मुचुल्का अघि बढाएको छ।
योसँगै रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । यसअघि माघ २७ गते नै १२ जनाको शव फेला परेको थियो।
रामेछाप मन्थली नगरपालिका–६ बेनिघाट पुल नजिकै माघ २७ गते प्र.३–०१–००५ ख ९९७५ नम्बरको बस तामाकोेशीमा खसेको थियो ।































प्रतिक्रिया