भारतबाट एलपी ग्यास आपूर्तिमा अवरोध नभएको आयल निगमको स्पष्टीकरण

भारतबाट एलपी ग्यास आपूर्तिमा अवरोध नभएको आयल निगमको स्पष्टीकरण

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । नेपाल आयल निगमले भारतबाट एलपी ग्यासको आपूर्ति नियमित रूपमा भइरहेकाले आपूर्ति प्रणालीमा कुनै अवरोध नभएको जनाएको छ।

शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा निगमका प्रवक्ता मनोजकुमार ठाकुरले हालसम्म मागअनुसार नै भारतबाट ग्यास आयात भइरहेको जानकारी दिए। उनका अनुसार बजारमा अभाव देखिएको भन्ने धारणा वास्तविक आपूर्ति समस्याका कारण नभई उपभोक्ताले हल्लाका आधारमा अनावश्यक रूपमा ग्यास सञ्चिति बढाउँदा उत्पन्न भएको हो।

प्रवक्ता ठाकुरले कृत्रिम अभावजस्तो देखिएको अवस्थालाई नियन्त्रणमा ल्याउन तथा वितरण प्रणालीलाई सहज बनाउन हाल केही स्थानमा आधा सिलिन्डर ग्यास वितरणको व्यवस्था सुरु गरिएको बताए। उनले पर्याप्त परिमाणमा ग्यास आयात भइरहेकाले उपभोक्तालाई आवश्यकभन्दा बढी भण्डारण नगर्न आग्रह पनि गरे।

उनका अनुसार अहिलेसम्म मागअनुसार शतप्रतिशत ग्यास आपूर्ति भइरहेको छ।

Logo