सुख्खा पहिरोले भेडेटार–राजारानी–रविराके सडक अवरुद्ध

सुख्खा पहिरोले भेडेटार–राजारानी–रविराके सडक अवरुद्ध

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । सुख्खा पहिरोका कारण भेडेटार–राजारानी–रविराके सडक अवरुद्ध भएको छ। भेडेटार थुम्की खण्डमा पर्ने लभडाँडामा शुक्रबार बिहानदेखि निरन्तर सुख्खा पहिरो झर्न थालेपछि सडक अवरुद्ध भएको हो। सो स्थानको करिब १०० मिटर क्षेत्रमा पहिरो लगातार झरीरहेको जनाइएको छ।

सडक अवरुद्ध भएपछि धनकुटाको चौबिसे गाउँपालिका माथिल्लो क्षेत्र र पाँचथरको पश्चिमी भागका तर्फको यातायात पूर्ण रूपमा प्रभावित भएको छ।

यो स्थान भेडेटारबाट करिब २.५ किलोमिटर दुरीमा रहेको छ। पहिरो हटाउन पहल भइरहे पनि निरन्तर पहिरो झरेका कारण समस्या भइरहेको छ ।

Skip This
Skip This
Logo