ढोरपाटन। नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङका उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । शुक्रबार दिउँसोदेखि सुरु भएको हिमपातले ढोरपाटन क्षेत्र सेताम्य बनेको छ ।
हिमपातका कारण स्थानीयको दैनिक जनजीवन प्रभावित भएको छ । ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र हिउँले ढाकिएको स्थानीय धनबहादुर विकले जानकारी दिए । उनका अनुसार वस्तुभाउलाई घाँस दाना खुवाउनसमेत कठिन भएको छ ।
केही दिनदेखि भइरहेको सामान्य वर्षापछि अहिले निरन्तर हिमपात भइरहेको छ । यसले गर्दा आवतजावतमा समस्या भएको छ । आलु रोप्नका लागि बोबाङ, अधिकारीचौरलगायत क्षेत्रबाट ढोरपाटन पुगेका स्थानीय पनि हिमपातका कारण प्रभावित बनेका छन् ।
“चैत महिनामा कहिलेकाहीँ मात्रै हिउँ पथ्र्यो, यसपटक गर्मी सुरु हुन लाग्दा हिउँ पर्यो । यतिबेला आलु रोप्ने समय थियो, तर हिउँले काम रोकियो”, विकले भने, “सामान्य वर्षा आवश्यक थियो, तर हिउँले दैनिक जीवन कष्टकर बनाएको छ ।”
हिमपातका कारण अत्यधिक चिसो बढेको स्थानीय तुलराम पुनले बताए । उनका अनुसार रातिदेखि परेको हिमपातले बाहिर निस्कन र पशुचौपायालाई घाँस दाना खुवाउनसमेत समस्या भएको छ ।





























प्रतिक्रिया