काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा पूर्वपर्यटनमन्त्री भीम आचार्यसँग साढे २ लाख रुपैयाँ धरौटी माग भएको छ।
सोमबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले साढे २ लाख धरौटीमा छाड्न आदेश दिएको हो । अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले मंसिर २१ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा मुद्दा दायर गरेको थियो।५५ जना प्रतिवादी बनाइएको यस मुद्दामा ४० जना हाजिर भइसकेका छन्। उनीहरू धरौटीमा रिहा भएका छन्।
पूर्वमन्त्री आचार्यले सम्झौता रकम २१ करोड ५९ लाख डलर कायम गरी चिनियाँ निर्माण कम्पनी सिएएमसी इन्जिनिरियङसँग करार सम्झौता गर्न २०७१ जेठ ८ मा प्राधिकरणमा लेखी पठाउन अन्तिम स्वीकृति दिएको अभियोगपत्रमा छ।





























प्रतिक्रिया