काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिका-१५ बाट प्रतिबन्धित लागू औषधसहित एक जना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार रति विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले २९ वर्षीय अनिल लिम्बूलाई ठूलो परिमाणमा लागू औषधसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय धरानबाट संयुक्त रूपमा खटिएको टोलीले लिम्बूको साथबाट ट्रामाडोल ४ हजार १ सय ४६ क्याप्सुल, स्पास्पेन र डिकोलिक गरी ४ हजार २ सय २८ ट्याबलेट बरामद गरेको छ ।
पक्राउ परेका लिम्बूलाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।





























प्रतिक्रिया