नेपाल प्रहरीले ‘अप्रिल फूल डे’ मनाएपछि…

नेपाल प्रहरीले ‘अप्रिल फूल डे’ मनाएपछि…

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । अनलाइन ठगी बढिरहेको समयमा नेपाल प्रहरीले जनचेतनाका लागि ‘क्रिएटीभ आईडिया’ शेयर गरेको छ ।

प्रहरीको आधिकारीक फेसबुक पेजमा आज एउटा पोष्ट आउँछ । जसमा लेखिएको छ, ‘तपाई विरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन ? सुनिश्चित गर्नको लागि एक पटक क्यूआर कोड स्क्यान गर्नुहोस् ।’ स्वदेश तथा विदेशमा बस्ने धेरै नेपालीले यस्तो उपयोगी भन्दै धमाधम स्क्यान गर्नछन् स्क्यान गरेपछि प्रयोगकर्ताहरु मुस्कुराउँछन् । उक्त स्क्यान कोडलाई स्क्यान गरेपछि ‘अप्रिल फूल’ भनिएको अर्को जानकारी मुलक पोष्ट आउँछ ।

यो हेर्दा रमाइलाे लागे पनि प्रहरीले सचेतनाका लागि यस्तो गरेको देखिन्छ । ‘तपाईंले स्क्यान गर्नुभएको क्युआर कोड सचेतना अभियानका लागि हो। आज हामीले मजाक गरेका थियौं। तर भोलि यस्तै क्युआरबाट तपाईं स्क्याममा पर्न सक्नुहुन्छ,’ प्रहरीले भनेको छ । प्रहरीले आफूले नचिनेको व्यक्ति वा अज्ञात स्रोतबाट प्राप्त भएको क्युआर कोड स्क्यान नगर्न भनेको छ। त्यस्तै, यसबारे परिवारलाई पनि सचेत गर्न अनुरोध गरेको छ ।

Skip This
Skip This
Logo