‘घैँटे’ समूहमा आवद्ध गुन्डा नाईकेसहित १८ जना पक्राउ

‘घैँटे’ समूहमा आवद्ध गुन्डा नाईकेसहित १८ जना पक्राउ

केन्द्रबिन्दु
456
Shares

काठमाडौं। राजधानीमा सक्रिय गुन्डागर्दी सञ्जालविरुद्ध प्रहरीले आक्रामक अपरेशन चलाउँदै १८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ‘सानुभाइ’ भनेर चिनिने युवराज गुरुङ पनि रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गुरुङलाई सामाखुसी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । उनी यसअघि पनि पटक–पटक पक्राउ परेर छुट्दै आएका व्यक्ति हुन् ।

प्रहरीले शुक्रबार रातिदेखि काठमाडौँका विभिन्न क्षेत्रमा गुन्डागर्दीविरुद्ध विशेष अपरेशन सञ्चालन गरेको जनाएको छ । सोही क्रममा अन्य १७ जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।

गुरुङ कुख्यात ‘घैँटे’ समूहसँग जोडिएको व्यक्ति मानिन्छ । घैँटे प्रहरी इन्काउन्टरमा मारिएका थिए । त्यसपछि पनि गुरुङले आपराधिक गतिविधि जारी राखेको आरोप छ ।

यसअघि पनि हतियारसम्बन्धी मुद्दामा उनी पक्राउ परेका थिए । प्रहरीका अनुसार उनीमाथि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आशंका गरिएको छ ।

प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

Logo