पिंगलास्थानमा गोली चल्यो : १ केजी हेरोइनसहित दुई जना पक्राउ, एक भारतीय घाइते

पिंगलास्थानमा गोली चल्यो : १ केजी हेरोइनसहित दुई जना पक्राउ, एक भारतीय घाइते

केन्द्रबिन्दु
27
Shares

काठमाडौं। लागुऔषध नियन्त्रण ब्यूरोले काठमाडौंको पिंगलास्थान क्षेत्रमा अपरेसन चलाउँदै गोली प्रहारपछि दुई जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार भारत बिहारका अनिल कुमार पासवान गोली लागेर घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनास्थलबाट अर्का एक जना पनि पक्राउ परेका छन् ।

खैरो हेरोइन कारोबार भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीलाई देखेपछि आरोपित भाग्न खोजेका थिए । नियन्त्रणमा लिन खोज्दा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले दुई राउण्ड गोली चलाएको जनाएको छ ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट करिब १ केजी खैरो हेरोइन बरामद गरेको छ । यसअघि सोही समूहका अन्य दुई जनालाई पनि नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।

Logo