काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
जिल्ला सरकारी वकिल कार्यालयले ऐनको दफा ४७ ९१० अनुसार उनलाई १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय माग गरेको छ। बारम्बार एउटै किसिमको कसुर गरेको भन्दै थप सजाय र क्षतिपूर्ति समेत माग गरिएको छ।
अभियोगअनुसार प्रसाईंले सामाजिक सञ्जालमार्फत निर्वाचनविरुद्ध भ्रामक र उत्तेजक अभिव्यक्ति दिएका थिए। “निर्वाचन गरिए देश टुक्रिन्छ” जस्ता भनाइ राख्दै वैमनस्यता फैलाउने प्रयास गरेको आरोप छ।
त्यस्तै, राजसंस्था र हिन्दु राज्यको पक्षमा बोल्दै चुनाव हुन नदिने र हिंसात्मक अवस्था सिर्जना हुने खालका अभिव्यक्ति दिएका भिडियोहरू प्रमाणका रूपमा पेश गरिएको छ।





























प्रतिक्रिया