शिशुवा–खुदीखोला सडक स्तरोन्नति सम्पन्न

शिशुवा–खुदीखोला सडक स्तरोन्नति सम्पन्न

केन्द्रबिन्दु
18
Shares

गण्डकी । पोखरा महानगरपालिका–३० शिशुवादेखि खुदीखोलासम्म ४.१४ किलोमिटर सडक विस्तार तथा स्तरोन्नति गरिएको छ ।सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत सम्पन्न उक्त सडकको बिहीबार पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका छन् ।

निर्माणाधीन तालचोक–बेगनास सडकलाई छिटो सम्पन्न गर्न निर्माण कम्पनीलाई तीन महिनाभित्र काम पूरा गर्न निर्देशन दिइएको छ ।रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सडकलाई तनहुँ–लमजुङसम्म विस्तार गर्नुपर्ने बताएका छन् ।

विश्व बैंकको करिब रु ४८ करोड ९६ लाख ३५ हजार २५४ ऋण सहयोगमा निर्माण सम्पन्न भएको सडक १५ मिटर चौडा दुई लेनको छ । सडकमा नाला, साइकल लेन र फुट ट्र्याक पनि निर्माण गरिएको इन्जिनियर नवीन गौतमले जानकारी दिए ।

Skip This
Skip This
Logo