काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
जल तथा मौसम विभागका अनुसार आज देशभर बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा, मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्ग सहित वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
त्यसै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। तराई क्षेत्रमा ३६ देखि ४० डिग्रीसम्म तापक्रम मापन भएकाले अत्यधिक गर्मी हुने र ‘लु’ लाग्ने जल तथा मौसम विभागले जनाएको छ ।
आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको कही स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ। गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका धेरै































प्रतिक्रिया