काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जसको कारण कोशी, बागमती, गण्डकी, मधेश प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ।
विभागका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र काशी प्रदेशका तराई र पहाडी भू–भागमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
आज राती देशभर साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विभागकाअनुसार अहिले विहान कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा वर्षा भैरहेको छ ।





























प्रतिक्रिया