काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत वर्ष भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन र प्रदर्शनसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले उक्त आन्दोलनका क्रममा भएका घटनालाई लिएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई नयाँ कानुन बनाएर कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरेको हो ।
उच्च राजनीतिक नेतृत्वका अलावा आयोगले आन्दोलनमा भूमिका रहेको भन्दै विभिन्न अभियन्ता, अधिकारकर्मी, कलाकार र इन्फ्लुएन्सरहरूलाई समेत शंकाको दायरामा राखेर सूक्ष्म अनुसन्धान गर्न सुझाएको छ । प्रतिवेदनमा कलाकारहरू निश्चल बस्नेत र अमनप्रताप अधिकारीमाथि अनुसन्धान गर्न सिफारिस गरिएको छ ।
त्यस्तै, सामाजिक सञ्जालको चर्चित पेज ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेल, सिसन बानियाँ, टंक दाहाल, भाग्य न्यौपाने, भीम उपाध्याय, विवेक थपलिया र निशान मैनालीलाई पनि थप अनुसन्धान गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । उनीहरूसँगै ‘पठाओ’ राइड सेयरिङ एपका पूर्व सीईओ असिममान बस्नेतलाई पनि अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरिएको छ ।
प्रतिवेदनमा आफ्नो नाम समेटिएपछि कलाकार निश्चल बस्नेतले आफू अनुसन्धानका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् । ‘मैले यसअघि आयोगमै उपस्थित भएर बयान दिइसकेको छु,’ बस्नेतले कान्तिपुरसँग भने, ‘उहाँहरूले थप अनुसन्धानका लागि भन्नुभएको रहेछ, म अनुसन्धानमा सघाउन तयार छु ।’
बस्नेतले सामाजिक सञ्जालमार्फत अनुसन्धानको सुरुवात आफैंबाट गर्नसमेत आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘मानव अधिकार आयोगको प्रतिवेदनमा धेरै नामहरूमध्ये मेरो पनि नाम रहेछ । कृपया अनुसन्धानको सुरुवातचाहिँ मैबाट गरिदिनुहोला, दूधको दूध र पानीको पानी छुट्याउनुपर्यो ।’
प्रतिवेदनमा नाम समेटिएका अर्का एक इन्फ्लुएन्सरले भने यसबारे असन्तुष्टि र दुःख व्यक्त गरेका छन् । नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘बालेनको नाम कतै पनि छैन, तर मेरो नाम अनुसन्धानका लागि समेटिएछ, दुःख लाग्यो ।’
यता प्रतिवेदनमा नाम जोडिएका अर्का कलाकार अमनप्रताप अधिकारीले भने आफूलाई यसबारे कुनै जानकारी नभएको दाबी गरे । ‘मलाई यस विषयमा केही थाहा छैन, त्यसैले अहिल्यै कुनै टिप्पणी गर्न चाहन्नँ,’ अधिकारीले भने ।
मानवअधिकार उल्लंघनकर्ताः
(नयाँ कानुन बनाएर कारबाही गर्न सिफारिस)
१. तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली
२. तत्कालीन गृहमन्त्री रमेश लेखक
३. तत्कालीन सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ
मानवअधिकार उल्लंघनकर्ता (विभागीय कारबाही सिफारिस)
१. दानबहादुर कार्की, तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) (हाल प्रहरी महानिरीक्षक)
२. ओमविक्रम राणा, प्रहरी नायब महानिरीक्षक (डीआईजी)
३. विश्व अधिकारी, तत्कालीन काठमाडौं प्रहरी प्रमुख एसएसपी
४. नारायणप्रसाद पौडेल, तत्कालीन एआईजी, सशस्त्र प्रहरी (हाल सशस्त्र प्रहरी महानिरीक्षक)
५. जीवन केसी, सशस्त्र प्रहरी, एसपी
६. कृष्ण खनाल, तत्कालीन निर्देशक, राष्ट्रिय अनुसन्धान विभाग
७. छविलाल रिजाल, तत्कालीन प्रमुख जिल्ला अधिकारी, काठमाडौं
८. २३ भदौमा बानेश्वर र संसद् भवनमा खटिएका प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका फिल्ड कमाण्डर ।
मानवअधिकार उल्लंघनकर्ता (भविष्यमा कुनै सरकारी जिम्मेवारी नदिनू)
१. चन्द्रकुवेर खापुङ, तत्कालीन नेपाल प्रहरी प्रमुख
२. राजु अर्याल, तत्कालीन सशस्त्र प्रहरी प्रमुख
३. हुतराज थापा, तत्कालीन राष्ट्रिय अनुसन्धान विभाग प्रमुख
सेनालाई सचेत गराउने
१. सिंहदरबारभित्र रहेको सेनाको गणका तत्कालीन प्रमुख
२. शीतलनिवासस्थित सेनाका तत्कालीन कमाण्डर
थप अनुसन्धान गर्न सिफारिस
१. पुरुषोत्तम यादव
२. सबल गौतम,
३. अंकित मल्ल
४. खेमराज साउद
५. हामी नेपालका अध्यक्ष सुधन गुरुङ
६. गणेश कार्की
७. सुलभ खरेल
८. बब्लु गुप्ता
९. रक्षा बम
१०. कृष्ण कार्की
११. डा. तोषिमा कार्की
१२. राजीव खत्री,
१३. शोम शर्मा,
१४. केपी खनाल,
१५. दिपक बोहरा
१६. मनिष झा
१७. ज्याला संग्रौला
१८. हेमराज थापा,
१९. विमल पन्त
२०. खेमराज साउद
२१. पुरुषोत्तम यादव,
२२. सुधन गुरुङ
२३. अमनप्रताप अधिकारी
२४. विवेक थपलिया
२५. सिसन बानियाँ
२६. आशिका तामाङ
२७. असिममान बस्नेत
२८. भाग्य न्यौपाने
२९. टंक दाहाल
३०. भिक्टर पौडेल
३१. अंकित मल्ल
३२. उमेश बोहरा
३३. शिव यादव
३४. विनोद देउवा
३५. सरुवा सुनुवार
३६. भीम उपाध्याय
३७. रविकिरण हमाल
३८. हरि ढकाल
३९. निश्चल बस्नेत
४०. सुशीला कार्की
४१. ओमप्रकाश अर्याल
४२. गौरीबहादुर कार्की
४३. पशुपति खड्का
४४. दुर्गा प्रसाईं
४५. उर्जा बराल
४६. जेरी ताम्राकार
४७. हेमसागर विद्रोही
४८. बुद्ध छिरिङ
४९. सन्तोष राजावादी
५०. अमित खनाल
५१. दिपक देवकोटा
५२. गौरव बराल
५३. हिमानी राज्यलक्ष्मी सिंह
५४. निशान मैनाली
थप अनुसन्धान गर्न सिफारिस
१. हिंसात्मक व्यवहार गर्न उक्साउने टीओबी समूह ।
२. गोली चलाउने सुरक्षाकर्मीको विषयमा सुक्ष्म अनुसन्धान गरी कारबाही ।
३. रवि लामिछाने कारागारबाट बाहिर निस्किनुमा तत्कालीन सांसद् तथा रास्वपाका नेताहरु मनिष झा, हरि ढकालमाथि अनुसन्धान गर्न सिफारिस





























प्रतिक्रिया