पश्चिमी वायू र न्यून चापीय क्षेत्रको प्रभाव कायमै, केही स्थानमा वर्षा हुने, तराईमा हावाहुरी चल्ने

पश्चिमी वायू र न्यून चापीय क्षेत्रको प्रभाव कायमै, केही स्थानमा वर्षा हुने, तराईमा हावाहुरी चल्ने

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जसको कारण आज देशभर बादल लाग्नेछ।

जल तथा मौसम विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भू-भागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ । तापक्रम बढिरहेकाले नेपालको तराई र भित्री मधेस भू-भागमा अत्याधिक गर्मी हुने र तातो हावा चल्ने सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।

आज राती देशभर केही स्थानमा चट्याङ्ग सहित वर्षा र हिमपात हुने तथा तराई र पहाडी भू-भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।अहिले विहान कोशी प्रदेशको केही स्थानहरूमा, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा वर्षा भैरहेको जल तथा मौसम विभागले जनाएको छ ।

Skip This
Skip This
Logo